कृषि विकास बैंकले बीरगञ्ज पब्लिक कलेजमा गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । विश्वब्यापी रुपमा मार्च १८ देखि २४ मार्चसम्म मनाउँदै गरिएको ग्लोबल मनि वीक २०२४ नेपालमा समेत विभिन्न संघ संस्थाहरुले देशभरि नै विभिन्न कार्यक्रमहरु गरी मनाउने क्रम जारी रहेको छ । ग्लोबल मनि वीक २०२४ सन् २०१२ देखि प्रत्येक बर्षको मार्च महिनामा यूवा तथा बालबालिकाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्न तथा वित्तीय सचेतना जगाउने उद्देश्यले मनाउने गरिन्छ ।

कृषि विकास बैंक प्रदेश कार्यालय बीरगञ्जले गत विहिबार बीरगञ्ज स्थित बीरगञ्ज पब्लिक कलेजमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकको उच्च व्यवस्थापनबाट उप-महाप्रबन्धक डा. बाबूकाजी थापाको उपस्थितीमा भएको कार्यक्रमको अध्यक्षता कृषि विकास बैंक प्रदेश कार्यालय वीरगञ्जका प्रदेश निर्देशक रामप्रसाद गजुरेलले गरेका थिए । 

Advertisement

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक डा. दिपक शाक्य, प्रिन्सिपल डा. विनय श्रेष्ठ, कृषि विकास बैंक शाखा कार्यालय बीरगञ्जका शाखा प्रबन्धक दीपक बाराकोटी तथा प्रदेश कार्यालय बीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठ लगायतका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने उक्त कलेजमा अध्यनरत स्नातक एवं स्नाकोत्तर तहका विद्यार्थीहरु कार्यक्रममा सहभागी भएका थिए ।

प्रदेश कार्यालय वीरगञ्जका शाखा प्रमुख प्रबिन श्रेष्ठले सञ्चालन गरेको  उक्त कार्यक्रमको शुरुवातमा वीरगञ्जका शाखा प्रबन्धक दीपक बाराकोटीले स्वागत मन्तव्य राखे । 
 

Advertisement

Advertisement