सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

Advertisement

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (चैत १२ गते, सोमबार) अन्तिम दिन हो । 

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुधबार अर्थात् चैत १३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको सभामा सहभागिता जनाउन तथा वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

Advertisement

कम्पनीले चैत २७ गते, मंगलबार, मृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा २७ औँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

Advertisement

Advertisement