म छु, कसैको भय र त्रासमा नपरी काम गर्नुः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कानुन बमोजिम काम गर्न सचिवहरुलाई निर्देशन दिएका छन् । सोमबार भएको नियमित बैठकमा उनले कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्न भनेका हुन् । 

कानूनबमोजिम काम गर्न कसैले डराउनु पर्दैन भन्दै दाहालले त्यसका लागि आफू रहेको बताए । पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीमा तीब्रता दिएपछि कर्मचारीहरु निर्णय गर्न हच्किन थालेका छन् । 

Advertisement

प्रधानमन्त्री दाहालले नियत सफा राखेर काम गर्ने कुनै पनि सरकारी कर्मचारीमाथि समस्या पर्न नदिने भन्दै निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफू तयार रहेको बताए । उनले भने, ‘कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन । असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कही कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु।’

नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको दाहालको भनाई छ । उनले राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग भएको बताए । जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्ने दाहालको भनाई छ । पुँजीगत खर्च सन्तोषजनक नभएकोमा उनले असन्तुष्टि जनाए । 
 

Advertisement

Advertisement