काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । समयमै कम्पनीले लाभांश घोषणासम्बन्धी जानकारी नदिएको भन्दै नेप्सेले रोक्का गरेको शेयर कारोबार सोमबार फुकुवा भएको हो ।
नेप्सेले कम्पनीलाई तीन दिनभित्र कारणसहितको स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार कम्पनीले नोटिसमा सूचना अपलोड गर्दा समस्या आएको र समयमा जानकारी गराउन नसकिएको बताएको थियो ।
साथै, कम्पनीले पत्रमार्फत आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धतासमेत गरेको बताइएको छ ।
कम्पनीको चैत ७ गतेको बैठकले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट शेयरधनीलाई २.२२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, कम्पनीले उक्त सूचना नेप्सेलाई चैत ८ गते बिहान कारोबारको समयमा मात्रै जानकारी गराएको थियो ।