सुनको मूल्य प्रतितोला चार सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदी भने सस्तिएको छ । आज सुन प्रतितोला ४ सय बढेको हो भने चाँदी १५ रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला भाउ आज प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल १ लाख २६ हजार ८ सय र तेजावी सुन प्रतितोला १ लाख २६ हजार २ सयमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement