तारागाउँ रिजेन्सी होटल्सको बोनस शेयर हितग्राही खातामा जम्मा

Advertisement

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको ।

कम्पनीको पुस २४ गते सम्पन्न २७ औं वार्षिक साधारणसभाबाट पारित भएको चार प्रतिशत बोनस शेयर शेयरधनीको खातामा पठाइएको हो । 

Advertisement

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गरेपछि बोनस शेयर डिम्याट खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । 

कम्पनीको ४ प्रतिशत बोनसबापतको ७ लाख ५४ हजार ६६१.६ कित्ता शेयर नेप्सेमा चैत्र १२ गते सोमबार सूचीकृत भइसकेको छ ।

साथै, पुस ११ गतेसम्म धितो राखी कर्जा लिएका शेयरधनीको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक–वित्तीय संस्थाको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा गराइने भएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नसमेत आग्रह गरको छ ।

Advertisement

Advertisement