अर्थमन्त्री पुनले गठन गरे छ सदस्यीय बजेट मस्यौदा लेखन समिति, संयोजकमा धनीराम शर्मा

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् । 

मन्त्री पुुनले सहसचिव धनीराम शर्माको संयोजकत्वमा आज समिति गठन गर्ने निर्णय गरेका हुन् । 

Advertisement

समितिका सदस्यहरुमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा रहेका छन् । 

शर्मा, शाक्य, अर्याल र आचायद्वय अर्थमन्त्रालयमा कार्यरत छन् । पार्वती आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन् । 

समितिका संयोजक शर्माले शनिबारनै बैठक बसेर काम थाल्ने जानकारी दिए । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने शर्माले बताए । 
 

Advertisement

Advertisement