न्यून गुणस्तरको औषधि बनाएको भन्दै विभागद्धारा केही उद्योगमाथि कारवाही

Advertisement

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरको औषधि बनाएको भन्दै केही औषधि उद्योगमाथि कारवाही गरेको छ । 

विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडलाई कारवाही गरेको हो । लोमसका दुई प्रकारको औषधि न्यून गुणस्तरको फेला पारेको विभागको भनाई छ । 

Advertisement

एक महिनाको अन्तरालमा लोमसका चार प्रकारका औषधिमा न्यून गुणस्तरको भेटिएको विभागको भनाई छ । विभागको प्रयोगशाला परीक्षण गर्दा लोमसले उत्पादन गरेको ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको पुष्टि भएको छ ।

मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल औषधिको ब्याच नम्बर एमटीएस ०१२३ मा र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेटको ब्याच नम्बर एचपी ०१२२ मा न्यून गुणस्तर पाइएको छ । न्यून गुणस्तरको भएकाले ती औषधि बिक्रीमा रोक लगाइएको छ । 


त्यस्तै, परीक्षणका क्रममा फर्माको इन्टस्ट्रिजले उत्पादन गरेको ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधि न्यून गुणस्तरको भएको पाइएको छ । सो औषधिको ब्याच नम्बर २२–०१ न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाइएको छ । बजार अनुगमनका क्रममा संकलित औषधिको नमूना परीक्षण गर्दा ती उद्योगको औषधिमा गुणस्तरको समस्या देखिएको विभागको भनाई छ । विभागले बजारमा पठाइएको सम्वन्धित् ब्याचहरु फिर्ता गर्न पनि उद्योगलाई निर्देशन दिएको छ । 

गुणस्तरको समस्या देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोग समेत नगर्न अनुरोध गर्दै विभागले बजारमा पठाइएका औषधिहरु फिर्ता गरी सोको विवरण विभागमा बुझाउन पनि निर्देशन दिएको छ । 

Advertisement

Advertisement