बजेट विनियोजनको प्राथमिकता करेक्शन गर्न आवश्यक छः अर्थसचिव पुस्कर

Advertisement

काठमाडौं । अर्थसचिव डा.कृष्णहरी पुस्करले बजेट विनियोजनको प्राथमिकतालाई पुनःसंरचना गरी विकासको दिशा नै सच्याउन आवश्यक रहेको बताएका छन् । 

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सचिव पुस्करले यस्तो बताएका हुन् । उनले विगतका बजेट निर्माण गर्दा मुलुकको आवश्यकता र प्राथमिकता भन्दा बाहिर बजेट विनियोजन गर्दा समग्र विकासका परिदृश्यहरु अफ्ठ्यारोमा परेको दाबी गरे । 

Advertisement

विगतका बजेटमा कष्ट बेनिफिटको विश्लेषण नगरी प्राथमिक क्षेत्र निर्धारण गर्दा अहिले समस्या भइरहेको बताए । उनले बजेट प्राथमिकताको पुनःसंरचना गरेर विकासको दिशा नै करेक्शन गरी आवश्यक क्षेत्रमा बजेट व्यवस्थापन अहिलेको आवश्यकता रहेको बताए । राजमार्गमा कति रकम छुट्याउने विषय भौतिक मन्त्रालयकै जिम्मामा रहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा भौतिक मन्त्रालयले भनेका आयोजनाहरुमा स्रोत सुनिश्चिता अर्थ मन्त्रालयले गरिसकेको बताए । 

अर्थ मन्त्रालयले मुलुकको क्षमता र उपलब्ध स्रोतका आधारमा स्रोत सुनिश्चिता गरेको भन्दैहुलाकी राजमार्गमा आवश्यकताअनुसार मात्रै स्रोत सुनिश्चिता गर्नसक्ने जिकिर गरे । 

उनले नियमित खर्च तलब भत्ता र सामाजिक सुरक्षा भत्ताको दायित्व वृद्धि हुँदा मुलुकको अर्थतन्त्र दबाबमा रहेको बताए । राजश्व परिचालनमा पनि सरकार चापमा रहेको स्वीकार गरे । उनले विश्वव्यापी अर्थतन्त्रका समस्याहरुको चाप नेपालको अर्थतन्त्रमा पनि परेको कारण अर्थतन्त्र पूर्णरुपमा तङ्ग्रि नसकेको उल्लेख गरे । गत वर्षको तुलनामा समग्र अर्थतन्त्र सबलिकरण भएको उल्लेख गरे । 

Advertisement