काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले पाँच सय १९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ ।
बुधबार बसेको मानवस्रोत विकास विभागको बैठककाे निर्णयअनुसार पाँच सय १९ जना इन्सपेक्टरहरूको सरुवा–काज सरुवा गरिएको कार्यालयले जनाएको छ ।
आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी उनीहरूको सरुवा भएको बताइएको छ ।