आज सार्वजनिक बिदा : शेयर बजारसहित बैंक तथा वित्तीय संस्था पनि बन्द

Advertisement

काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् ।

सरकारले रामनवमीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । 

Advertisement

हिन्दु धर्मशास्त्र अनुसार त्रेतायुगमा आजकै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको पुत्रको रुपमा मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भएको थियो । त्यही जन्म दिनको अवसरमा आज पवित्र नदी, ताल, कुण्ड आदिमा स्नान गरेर भगवान श्रीरामको पुजाआजा गरी मनाइने गरिन्छ ।

भोलि अर्थात् बिहीबारबाट शेयरबजारसहित सबै कार्यालय नियमित समयमै खुल्नेछन् । 

Advertisement

Advertisement