तेन्जिङ हिलारी ट्रेल पुग्ने बाटो निर्माणको काम गर्न टान र उमाकुण्ड गाउँपालिकाबीच सम्झौता

Advertisement

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र रामेछापको उमाकुण्ड गाउँपालिकाबीच सम्झौता भएको छ । 

उमाकुण्ड गाउँपालिकासगँ तेन्जिङ नोर्गे र एडमन्ड हिलारी हिडेको पुरानो बाटो ‘तेन्जिङ हिलारी ट्रेल’ चौरीखर्क पुगिने बाटो निर्माणको काम गर्नेगरी एमओयू गरेको टानका अध्यक्ष निलहरि बाँस्तोलाले जानकारी दिए । 

Advertisement

८–१० दिनपछिबाट सो कार्य सुरु गरिने र अर्को हप्तादेखि सर्वेक्षणको कार्य सुरु गरिने उनले बताए । तेन्जिङ नोर्गे र हिलारीले सुरु गरेको पाइला पाइला पछ्याउँदै उमाकुण्ड–ल्हाछेवार–लाम्पोखरी–दुधकुण्ड–घिउढुङ्गा–सोमुनाम रोक्पा–फाकदिङ हुँदै खुम्बु उपत्यका जाने ऐतिहासिक पदयात्राको पुनः अन्वेषण, विकास र प्रवर्द्धन गर्ने प्रयास गर्न लागिएको हो र 

यस पदमार्गको विकास र प्रवर्द्धन गर्न टान र उमाकुण्ड गाउँपालिकाले सोलु दुधकुण्ड नगरपालिका र खुम्बु पासाङ्ल्हामु गाउँपालिका, सोलुखुम्बुसँग काम गर्ने छ । 

Advertisement

Advertisement