नेपाल इन्भेष्टमेण्ट मेगा र ज्योति विकास बैंकको संस्थापक शेयर बिक्री

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् ।

नेपाल इन्भेष्टमेण्ट मेगाको शेयरमा शेयरधनीबाहेक सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । 

Advertisement

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र बैंकको काठमाडौंको लाजिम्पाटमा रहेको शेयर शाखामा आवेदन दिनुपर्नेछ ।

बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी फागुन ३० गते उक्त शेयर बिक्रीमा ल्याएको थियो ।

त्यसैगरी ज्योति विकास बैंकको संस्थापक शेयरमा भने बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ । 

यो शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी–काठमाडौंमा खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Advertisement