यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

Advertisement

काठमाडौं । युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यू भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यू भएको हो । 

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दुतावासले  जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दुतावासले जनाएको छ । 

Advertisement

यूएईमा दुई दिन देखी परेको बर्षाका कारण बाढी आईरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ । सरकारी कार्यालय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले उल्लेख गरेको छ । 

पुन भिजिट भिसामा यूएई पुगेको दुतावासले जनाएको छ ।

Advertisement