टी-ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इण्डिज ‘ए’ सँग नेपालको फेरि पनि हार

Advertisement

काठमाडौं । खराब बलिङ गरेको नेपालले बुधवार वेस्ट इण्डिज ‘ए’ सँगको तेस्रो ट्वान्टी–२० क्रिकेटमा हार व्यहोरेको छ ।

नियमित कप्तान रोहितकुमार पौडेलबिना खेलेको नेपालले तेस्रो खेलमा पाहुना टोलीसँग ७६ रनको हार व्यहोरेको हो । यससँगै पाँच खेलको श्रृंखलामा नेपाल २–१ ले पछि परेको छ । 

Advertisement

यसअघि पहिलो खेलमा जित निकालेको नेपालले त्यस पछि दोस्रो र तेस्रो खेल गुमाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमै समेटियो र श्रृंखलामा पछि प¥यो । नेपालका कुनैपनि ब्याटरले लामो इनिङ खेल्न सकेनन् ।

तल्लो क्रमका करण केसी र ओपनर लोकश बमको २८ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । कुशल मल्लले १९, ओपनर विनोद भण्डारीले १९ र अनिल शाहले १४ रन बनाए । त्यसअघि नेपालले चौथो ओभरमै पहिलो विकेट गुमायो । फबियन एलेनले ओपनर विनोदलाई वाल्सबाट क्याच गराए । उनले लोकश बमसँग ३६ रनको साझेदारी गरे । स्पिनर गुडाकेस मोतीले ओपनर लोकश र अनिललाई आउट गरे । सातौं ओभरमा मोतीले अनिललाई रोस्टन चेजबाट क्याच गराए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका आरिफ सेख पनि ३ रनमै आउट भए । उनी दशौं र लोकेश ११औं ओभरमा आउट भए । यससँगै १०.६ ओभरमा नेपाल ९१÷४ को अवस्था पुग्यो । खातामा थप सात रन जोड्दा नेपालले पाँचौं विकेट गुमाउन पुग्यो । स्पिनर वाल्सले कुशल मल्ललाई आउट गरे । त्यसपछि विवेक यादव ३ रनमा र कप्तान दीपेन्द्रसिंह ऐरी ७ रनमा रनआउट हुन पुगे । त्यसअघि गुल्सन झा ६ रनमा आउट भए । १६.३ ओभरमा नेपाल ११९÷८ को नाजुक अवस्थामा पुग्यो । यद्यपि, अलराउन्ड करण केसीले इनिङ समाल्ने प्रयास गरे पनि हार टार्न सकेनन् ।

उनी दशौं विकेटका रूपमा आउट हुन पुगे । वेस्ट इन्डिजको बलिङमा हेडन वाल्सले तीन विकेट लिँदा गुडाकेश मोतीले दुई तथा म्याथ्युज फोर्ड, फाबियन एलन र आबेद म्याककोयले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिज ‘ए’ ले निर्धारित ओभर तीन विकेट गुमाउँदै २२७ रनको योगफल बनायो । ओपनर जोनसन चाल्र्सले अविजित ११९ रनको शतकीय इनिङ खेल्दै पाहुना टोलीलाई विशाल योगफलतर्पm अग्रसर बनाए । चाल्र्सले ६१ बलमा १३ चौका र सात छक्का प्रहार गरे ।

पाहुना टोलीले चौथो ओभरको पहिलो बलमा नै एलिक अथानजेलाई १७ रनमा गुमायो । उनी रनआउट हुन पुगे । तर चाल्र्सले दोस्रो विकेटका लागि आन्दे्र फ्लेचरसँग १४५ रनको साझेदारी गरे । आन्द्रे फ्लेचरले ३३ बलमा ५३ रन जोडे । किमो पउल १३ रनमा अविजित रहे । नेपालका लागि करण केसी र सागर ढकालले समान एक विकेट लिए । श्रृंखलाको चौथो खेल बिहीवार हुनेछ 

Advertisement

Advertisement