काठमाडौं । नेपाल पर्वतारोहण संघ र नेपाल पर्यटन बोर्डले स्वर्गीय डेभिड ब्रेशियर्सको सम्झना र सम्मान गर्दै कार्यक्रम गरेको छ ।
आज काठमाडौंमा संघ र बोर्डले संयुक्त रूपमा स्वर्गीय ब्रेशियर्सको सम्झना र सम्मान आयोजना गरेको कार्यक्रममा अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन जेसन मीक्स डेभिड ब्रेशियर्सको उपलब्धि र योगदानको प्रशंसा गरिएको हो ।
एडमन्ड हिलारीका छोरा पिटर हिलारीले स्वर्गीय ब्रेशियर्सको सम्झना गर्दै उनको उपलब्धि र योगदानको प्रशासा गरे ।
बोर्डकी कार्यवाहक सीईओ नन्दिनी लाहे थापाका अनुसार स्वर्गीय ब्रेशियर्सले नेपालका लागि धेरै योगदान गरेका छन् । ब्रेशियर्सको सम्झानामा आज कार्यक्रम गर्नु उनलाई सम्झनु हामी नेपाली र नेपालको लागि पनि राम्रो कुरा रहेको उनले बताइन् ।
त्यस्तै, संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पनि स्वर्गीय डेभिड ब्रेशियर्सले नेपालको पर्वतारोहण क्षेत्रमा धेरै योगदानको गरेको बताए । उनको माया र साथलाई हामी सम्मान गर्छौं, उनले भने ।
पर्वतारोही, फोटोग्राफर, फिल्म निर्माता र जलवायु अभियन्ता डेभिड ब्रेशियर्सले नेपालको हिमाली पर्यटन परिदृश्यमा अमिट छाप छोडेका छन् । नेपालको हिम चुचुराहरूमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव विरुद्ध उनको प्रयास र अटल सक्रियताले व्यापक प्रशंसा बटुलेको छ ।
उनको गएको मार्च महिनाको १४ तारिखका दिन ६८ वर्षको उमेरमा निधन भएको थियो ।