संरक्षण क्षेत्रमा चेक पोस्टको व्यवस्था नगर्दा अवैधरुपमा पर्यटकहरु पदयात्रा गर्न बाध्य

Advertisement

कामठाडौं । ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम ‘टिम्स’ कार्डको चेकिङका लागि चेक पोस्टको व्यवस्थापन नहुँदा पदयात्रीहरु अवैधरुपमा प्रवेश गर्ने क्रम बढेको छ । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)गण्डकीका अध्यक्ष धर्मराज पन्थीले ‘टिम्स पर्मिट’ को चेक पोस्टको व्यवस्थापन नहुँदा यस्तो समस्या बढेको बताए । 

Advertisement

उनका अनुसार संरक्षण क्षेत्रबाट प्रवेशको अनुमति मात्र लिएर पदयात्रीहरु पदयात्रा गरिरहेका छन् । उक्त क्षेत्रबाट प्रवेशको प्रवेश अनुमतिबाहेक सरकारले जारी गरेको ‘टिम्स’ कार्ड नलिइ जाने विदेशी पदयात्रीहरु बढेका छन् । 

पन्थीले भने, ‘यसरी पदयात्रामा जाँदा राज्यलाई पनि घाटा छ । सरकारले ‘टिम्स’ कार्ड लिए पनि पदयात्रामा जाँदा एक्लै जान नपाउने भनेर गत बर्ष नै निर्णय गरेको हो । बार्डले २०७९ फागुन १९ मा निर्णय गरी यो नियम बनाए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् ।’ 

पदयात्रामा एक्लै जाने पर्यटकहरु बेपत्ता हुने र दुर्घटनामा पर्दा खोजी र उद्दारमा कठिनाई भएपछि संरक्षिण क्षेत्रमा पदयात्रामा जाने प्रत्यक विदेशीले गाइड अथवा समर्थक लैजानुपर्ने व्यवस्था गरिएको थियो । तर निर्णय गरेको एक वर्ष बित्दा पनि चेक पोस्टको स्थापना नभएको भन्दै पन्थीले असन्तुष्टि जनाए । एक्लै जाँदा जोखिम भए पनि कतिपय पर्यटकहरु भने एक्लै पदयात्रा गर्न रुचाउने हुँदा पनि यो समस्या आएको हो । पर्यटकहरुले गाइड लगिदिँदा ट्रेकिङ एजेन्सीहरुको व्यवसाय पनि बढ्नुका साथै स्वयम पर्यटकहरुको पदयात्रा बढी सुरक्षित हुनेछ । 

नेपाल पर्यटन बोर्डले चेक पोस्टको स्थापना नगर्दा धेरै अवैध पदयात्रीहरु बढ्दै गएको र त्यसले गर्दा सरकारले पाउने राजस्व पनि गुमेको व्यवसायीको भनाई छ । साथै, पदयात्रा क्षेत्र पनि असुरक्षित भएको उनीहरु बताउँन्छन् । बोर्ड अहिले नेतृत्वविहीन छ । भएका कर्मचारीहरुमा पनि लोभ गर्ने र फाइदा खोज्ने प्रवृत्ति हावी भएकाले प्रभावकारी काम हुन सकेको छैन् । यस विषयमा ध्यान दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई फर्सद छैन् । चाँडो चाँडो मन्त्री र सचिव फेरिने गर्दा उनीहरुले समस्या बुझ्न नपाउँदै अर्को व्यक्ति आउने अवस्था छ । 

पन्थीले यसरी अवैध पदयात्री बढिरहँदा कहीं कतै कुनै विदेशी हराए, लडेर घाइते भए, मृत्यु भएमा बाहिर नराम्रो सन्देश जाने भन्दै यस्तो कुराबाट जोगिन सरकारले चाँडै टिम्स कार्ड चेक गर्न चेक पोस्टको स्थापना गर्नुपर्ने र त्यहाँ चेकिङका लागि चौबिसै घण्टा कर्मचारी राखिनुपर्ने बताए ।  

Advertisement

Advertisement