हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बिमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज/जरिवाना) मा शतप्रतिशतसम्म छुट दिने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै साविकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखमा आजदेखि वैशाख २४ गतेसम्म नवीकरण गराउँदा शतप्रतिशतसम्म छुट दिने जनाएको छ । 

Advertisement

कम्पनीले तीन वर्षसम्मको व्यतित बीमालेख अवधिमा शतप्रतिशत, तीनदेखि पाँच वर्षसम्म ५० प्रतिशत, पाँचदेखि सात वर्षसम्म ३५ प्रतिशत र सात वर्षदेखि माथिको जुनसुकै व्यतित बीमालेख अवधिमा २५ प्रतिशत छुट दिने जनाएको छ ।

साथै, यस किसिमको छुट बीमा अवधि भर एकपटक मात्रै पाइने सूचनामा उल्लेख गरिएको छ ।

यसका लागि नजिकैको शाखामा सम्पर्क गर्न पनि कम्पनीले भनेको छ । 

Advertisement