कुमारी बैंकद्वारा १० लाख रुपियाँको बीमा रकम भुक्तानी

Advertisement

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपियाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । 

खाता धारकको परिवारको तर्फबाट कावासोती नपा वडा नं २ निवासी लक्ष्मी पाण्डे र निजको श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको थियो । नेको इन्स्योरेन्सबाट बीमा दावी रकम प्राप्त भई कुमारी बैंकमार्फत सो रकम भुक्तानी गरिएको हो ।    

Advertisement

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यले २६ लाख रुपियाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ । 

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्क्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ । बैंकले विगत ४ वर्ष देखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Advertisement