हिरो मोटोकर्पको आक्रामक व्यापार योजना घोषणा, एसेम्बली प्लान्टको पनि उ‌द्घाटन

Advertisement

काठमाडौं । मोटरसाइकल र स्कुटर उत्पादन गर्ने ठूलो कम्पनी मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी सहकार्यमा आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली प्लान्टको प्लान्टको उ‌द्घाटन गरेको छ  । 

हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी उत्पादनहरू - Xpulse 200 4V, Super Splendor, Splendor+ मोटरसाइकल बजारमा ल्याएको हो । 

Advertisement

स्थानीय रूपमै एसेम्बल यस प्लान्टको क्षमताप्रति वर्ष ७५००० र यसले नवलपरासी क्षेत्रमा नयां रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्‌दो ग्राहक संख्यालाई ध्यानमा राख्दै सर्भिस सेन्टरको द्रुत रूपमा विस्तार गर्ने जनाएको छ । 

undefined

यस सहकार्यको बारेमा आफ्नो राख्दै हिरो मोटोकर्पको ग्लोबल युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘हिरो मोटोकर्प विश्वभरका ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ र सीजी मोटर्ससँगको सहकार्य निकै महत्त्वपूर्ण छ ।’ 

त्यस्तै चौधरी ग्रुपका प्रबन्धक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष हो । हामी हाम्रो सुविधाको उ‌द्घाटन गर्न र यी उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं ।’

undefined

सीजी मोटर्सले काठमाडौंमा प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको छ । साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स सर्भिस आउटलेटहरू खोल्ने जनाएको छ।

undefined

 

Advertisement