युनाइटेड अजोडले मल्टिपर्पस फाइनान्सको अढाई लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

Advertisement

काठमाडौं ।  युनाइटेड अजोडले इन्स्योरेन्सले मल्टिपर्पस फाइनान्समा रहेको आफ्नो अढाई लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

सोही कारण फाइनान्सले युनाइटेड अजोडको स्वामित्वमा रहेको दुई लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । यसका लागि आवश्यक कागजातसहित ३५ दिनभित्र खरिद गर्न चाहेको कित्ता विवरण खुलाई संस्थाको कम्पनीसचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयावधिमा खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिने फान्सान्सले जनाएको छ ।

Advertisement