आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था बन्द

Advertisement

काठमाडौं । आज मंगलबार (वैशाख ११ गते) शेयर बजार बन्द हुने भएको छ ।

कतारका राजा अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो ।

Advertisement

शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । 

शेयर बजारलगायत बैंक तथा वित्तीय संस्था भोलि बुधबारदेखि नियमित समयमा खुल्नेछन् ।

यसअघि सोमबार बजार १५.४१ अंकले घटेर १९६९.०२ अंकमा बन्द भएको थियो । 

Advertisement