मंगलबार सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

यस दिन सुनको मूल्य तोलामा दुई हजार ७०० रुपियाँले घटेको हो ।

Advertisement

मंगलबार छपावाला सुनको मूल्य एक लाख ३५ हजार ५०० रुपियाँ र तेजाबी सुनको मूल्य एक लाख ३४ हजार ८५० रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदी तोलामा ४५ रुपियाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement