हिमालयन लघुवित्तको नाफा ७३.८७ प्रतिशतले बढ्यो, जगेडा कोषमा कति ?

Advertisement

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा बढेको छ । लघुवित्तले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो । 

समीक्षा अवधिमा लघुवित्तले १ करोड १३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुनलामा ७३.८७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा लघुवित्तले ६५ लाख रुपियाँ नाफा कमाएको थियो । 

Advertisement

खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

चालू आवको चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४.४६ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २३.६८ प्रतिशतले घटेको छ । 

त्यस्तै, लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.९१ प्रतिशतबाट घटेर ४.६१ प्रतिशत र इम्पेरमेन्ट चार्ज २ करोड २९ लाख रुपियाँबाट घटेर १७ लाखमा सीमित भएको छ । त्यसैगरी,  सञ्चालन मुनाफा भने ७३.७२ प्रतिशत बढेको छ । 

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको देखिएको छ । तेस्रो त्रैमाससम्ममा लघुवित्तको यस्तो आम्दानी २.२ रुपियाँले बढेर ४.७५ रुपियाँ पुगेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात १५२.५८ गुणा, प्रतिशेयर नेटवर्थ १२६.४६ गुणा र वितरणयोग्य मुनाफा ६२ लाख रुपियाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २.५९ रुपियाँ रहेको छ ।

३१ करोड ९८ लाख रुपियाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड ४ लाख रुपियाँ सञ्चित छ । चैत मसान्तसम्ममा संस्थाले ४ अर्ब १५ करोड रुपियाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ९ करोड रुपियाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

Advertisement

Advertisement