काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् ।
सरकारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।
सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा मजदुर दिवसको सुरु भएको हो ।
भोलि अर्थात् बिहीबारबाट शेयरबजारसहित सबै कार्यालय नियमित समयमै खुल्नेछन् ।
यसअघि मंगलबार (हिजो) शेयर बजार २५.९३ अंकले बढेर २००६.२८ अंकमा बन्द भएको थियो ।