काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ‘लक इन’ अवधि आगामी जेठ १९ गते सकिने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले १३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरको थियो, जसको बाँडफाँट मंसिर २० गते भएको थियो ।
बाँडफाँटमा कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतका दरले हुन आउने ६८ लाख ७५ हजार रुपियाँबराबरको ६८ हजार ७५० कित्ता शेयर ‘लक इन’ मा रहेको थियो ।
सोही ‘लक इन’ को अवधि जेठ १९ मा सकिन लागेको हो ।