ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल कात्तिक महिनाको २१ गते बुधबार, कार्तिक शुक्लपक्षको पञ्चमी तिथि ।
मेष
दाम्पत्य जीवनमा वैमनश्यता उत्पन्न हुने छ । साथै प्रेममा असफलताको अवस्था आउने छ । परिवारमा अशान्तिको वातावरण र झैझगडा हुने भएकाले धैर्य भएर व्यावहार गर्नु पर्ने देखिन्छ । पेशागत जीवनमा पनि उत्साहको कमी हुने छ । आर्थिक अवस्था भने औसत अवस्थामा रहने छ । सवारीसाधनको संचालनमा ध्यान दिनु होला । शेयर बजारबाट फाइदा हुने छैन् ।
वृष
नउठेका रकम उठने छ । आर्थिक लाभ पनि प्राप्त हुने छ । मनले आँटेका कामहरु पुरा हुनेतर्फ जाने छन् । पेशागत जीवनमा सफलता मिल्ने छ । परिवारमा सदस्यहरु बीच भने पैतृक सम्पत्तिका विषयमा तनावको वातावरण आउने छ । यात्रामा कठिनाई भोग्नु पर्ने देखिन्छ । शेयर बजारबाट लाभ मिल्ने छ ।
मिथुन
उपहार प्राप्त हुने छ । यसले बिग्रेका सम्बन्धमा नयाँ मोड ल्याउने छ । मनोबल बृद्धि हुने छ । भित्रि मनमा गरिने संकल्प भन्दा अरुले भनेका कुराबाट छिट्टै प्रभावित हुने हुँदा अन्योलता उत्पन्न हुन जाने छ । पेशागत जीवन औसत खालको हुने छ । ऋणको बोझले निन्द्रामा तनाव ल्याउने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।
कर्कट
भाग्यको बलियो साथ रहने छ । मेहनत गरे अनुसार फल प्राप्त हुँदा आफ्नो भूमिका पनि बढ्ने छ । दाम्पत्य जीवनमा सोचाईको एकरुपता आउँदा मधुरता हुने छ । सामाजिक काममा सहभागि हुने र समाजबाट पनि सम्मान प्राप्त हुने छ । पेशागत जीवन सकारात्मक दिशामा अघि बढ्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।
सिंह
विश्वास गरेका मित्रहरुबाट नै धोका हुने चुनौति रहेकाले सावधान रहनु होला । बोली फित्तलो बन्ने र अरुले अविश्वास गर्ने अवस्था आउने छ । पेशागत जीवनमा नयाँ नयाँ अड्चनहरु उत्पन्न हुने यसले मनमा एक प्रकारको तनाव ल्याइ दिने छ । पैतृक सम्पत्तिको विषयलाई लिएर परिवारमा तनाव आउने छ । शेयर बजारबाट लाभ हुने छैन् ।
कन्या
मित्रहरुको सहयोगले नयाँ काम थालनी गर्ने योग छ । मनमा दृढ निश्चयपना आउने छ । तर नराम्रा खालका सपनाले गर्दा पेशागत जीवनको कार्यक्षेत्रमा केन्द्रीत हुने उर्जामा कमि ल्याउने छ । दाम्पत्य जीवनमा अनावश्यक विषयमा पनि बादबिबाद हुँदा परिवारमा नै तनावको अवस्था आउने छ । अस्पतालजन्य खर्च बढ्ने छ । शेयर बजारमा आँशिक प्रकारको लाभ मिल्ने छ ।
तुला
मनोबल उच्च भएको व्यक्तित्व हुने छ । मेहनति र आँटिलो खालको काममा हात हाल्न मन लाग्ने छ । जिद्दि र अडान लिने व्यक्ति हुने हुँदा अरुको नजरमा घमण्डि खालको व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा प्रगति हुने छ । आर्थिक जीवन सहज रुपमा अघि बढ्ने छ । शेयर बजारबाट लाभ हुने छ ।
वृश्चिक
विदेश यात्राका विषय अघि बढ्ने छ । पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी सम्हाल्ने मौका मिल्ने छ । साथिभाइको सहयोगले नयाँ नयाँ क्षेत्रमा लगानी गर्ने सोच आउने छ । आर्थिक क्षेत्रमा लाभ भए पनि खर्च पनि सोही अनुसार बढ्ने छ । परिवारमा केही तनावपूर्ण वातावरण अस्वाभाविक रुपमा आउने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने छ ।
धनु
आफन्तसँग नै सम्बन्ध बिग्रन जाने समय सक्रिय रहेकाले सावधान रही व्यावहार गर्नु होला । विश्वास गरेका पात्रहरुबाट धोका हुने चुनौति छ । जीवनसाथिको साथले केही राहत मिल्ने छ । पेशागत जीवनमा बादबिबाद हुने र यसले आलोचना बढ्ने देखिन्छ । आर्थिक पक्ष औसत रहने छ । शेयर बजारबाट लाभ हुने छैन् ।
मकर
यात्रा हुने छ । अध्ययनमा उन्नति हुने छ । बौद्धिकस्तरको व्यक्तित्वको प्रभाव अरुमा पर्ने छ । पेशागत जीवन औसत खालको रहने छ भने आर्थिक क्षेत्र पनि औसत नै रहने छ । परिवारमा प्रेममय वातावरण हुने छ । रसिक खालको स्वाभावका कारण अरुको मन जित्न सकिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।
कुम्भ
मनमा नयाँ नयाँ सोचाई आउने छ । एक प्रकारको उत्साह र उमङ्ग आउने छ । बोलीको प्रभाव बृद्धि हुने हुँदा अरुको विश्वास सजिलै प्राप्त हुने छ । यात्रामा भने कठिनाई भोग्नु पर्ने छ । पेशागत जीवन मध्यम खालको रहने छ । आर्थिक सन्तुलन कायम रहँदा रहँदै पनि खर्च बढ्दा केही आर्थिक दबाब महशुस हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।
मीन
मनमा नयाँ आशाका क्रमहरु आउने छ । काम थालनी हुने र त्यसको नतिजा पनि आउने तर्फ संकेत देखिने छ । पेशागत जीवन कदर मिल्ने र नयाँ जिम्मेबारी प्राप्त हुने छ । आर्थिक अवस्थामा सुधार आउने छ । नयाँ सवारीसाधन खरिद गर्ने समय सक्रिय छ । परिवारको साथले मनमा सन्तोष मिल्ने छ । शेयर बजारबाट आँशिक लाभ मिल्ने छ ।
(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९७६८४४२०३४)