काठमाडौं । कास्की जिल्ला प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ ।
लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरी हिरासतमा छन् ।
यसअघि थप भएको म्याद सकिएलगत्तै तिहार बिदा भएका कारण उनलाई आज अदालतमा उपस्थित गराइन लागिएको प्रहरीले जनाएको छ ।
पहिलोपल्ट ६ दिन र पछिल्लोपल्ट ७ दिन म्याद थप गरेर अनुसन्धान चलिरहेको छ । कास्कीमा अनुसन्धान सकिएपछि थप अनुसन्धानका लागि उनलाई भैरहवा लगिने भएको छ । उनीमाथि सुप्रिम सहकारी ठगीविरुद्ध पनि आरोप छ ।
उनी कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।