हवाई टिकटमा मूल्य अभिवृद्धि करप्रति नाट्टाको असन्तुष्टी

Advertisement

काठमाडौं । सरकारले लागु गरेको हवाई टिकटमा मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) तथा अन्य सम्बद्ध संघसस्था र व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।  

नाट्टाले विज्ञप्ती प्रकाशित गर्दै पर्यटन व्यवसायी एंव हवाई यात्रुहरुमा परेका असुविधालाई ध्यानमा राखि पुनर्विचार गर्न अनुरोध गरेको छ । 

Advertisement

सरकारलाई सयौं पटक यसबारेमा विभिन्न तह र तरिकाबाट समग्र व्यवसायमा परिरहेको प्रभावबारे जानकारी गराँइदा समे आफूहरुको माग सम्बोधन नभएको विज्ञप्तिमा उल्लेख छ । 

नाट्टाका अध्यक्ष रमेश थापाले हवाई भाडादर दिन २ गुणा रात ४ गुणाको हिसाबले बढी रहंदा पर्यटकहरुको नेपाल यात्रा आकर्षण कम हुने र वैकल्पिक गन्तव्यप्रति जाने प्रवृत्ति बढेको बताए । 

Advertisement

Advertisement