काठमाडौं । साना विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । संस्थाले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको सो शेयर लिलामीमा राखेको हो ।
यस शेयर साना किसान सहकारी संस्था तथा अन्य विद्यमान संस्थापकले खरिद गर्न पाउनेछन् ।
न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपियाँ तोकिएको छ यस शेयर खरिदका लागि आवेदकले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ ।
बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम चार हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन आगामी असार १९ गतेसम्म दिन सकिनेछ ।
इच्छुक खरिदकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै साना किसान विकास लघुवित्तका बिर्तामोड, इटहरी, बर्दिबास, हेटौंडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तरिया शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।