सत्यदीप गुप्ता एकै सिजनमा दुई पटक सगरमाथा र ल्होत्से आरोहण गर्ने विश्वमै पहिलो व्यक्ति

Advertisement

काठमाडौं । भारतका सत्यदीप गुप्ता एकै सिजनमा दुई पटक सगरमाथा र ल्होत्से हिमाल आरोहण गरी विश्वमै पहिलो व्यक्ति बन्न सफल भएका छन् ।

उनले जेठ १४ (मे २७ तारिख) का दिन १२ बजेर ४५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको पायनियर एडभेन्चर कम्पनीले जानकारी दिएको छ ।   साथै जेठ १३ गते (मे २६ तारिख) का दिन दिउँसो १२ बजे ल्होत्से हिमाल पनि गाइड पस्तेम्बा शेर्पा र निमा उङ्दी शेर्पासँगै सफल आरोहण गरेका थिए । उनले पायनियर एडभेन्चर कम्पनी मार्फत उक्त आरोहण गरेका हुन् ।

Advertisement

यसअघि उनले यही सिजनको जेठ ८ गते (मे २१ तारिख) का दिन बिहान ४ बजेर २५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए भने ल्होत्से हिमाल जेठ ९ गते (मे २२ तारिख)का दिन बिहानको ७ बजे उनका गाइड तेन्जी भोटेसगँ सफल आरोहण गरेका थिए । 

गुप्ताले सगरमाथादेखि ल्होत्सेसम्म ११ घण्टा १५ मिनेटमा पुग्ने पहिलो भारतीय बनेर कीर्तिमान कायम गरेका थिए ।
 

Advertisement

Advertisement