चार्टर्ड एकाउन्टेन्टको कारण मुलुकमा आर्थिक पारदर्शिता छ, थप दक्ष सीए चाहिन्छ: राष्ट्रपति

Advertisement

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले लेखा परीक्षक तथा लेखा व्यवसायी (चार्टर्ड एकाउन्टेन्ट) कै कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शीता कायम गर्न सहयोग पुगेको बताएका छन् । नेपालमा हुने आर्थिक क्रियाकलाप र बिभिन्न निकायहरुलाई पारदर्शी र जवाफदेही बनाउन थप दक्ष चार्टर्ड एकाउन्टेन्टको आवश्यकता र महत्व रहेको उनले बताए । 

नेपाली चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान)ले पछिल्लो आर्थिक सङ्कटको समाधानका विषयमा बहस गर्न बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

Advertisement

‘कुनै पनि देशमा हेरिने भनेको आम्दानी र खर्च प्रणालीको पारदर्शीता हो । सोहीअनुसार नेपालको राजश्व परिचालन र खर्च तथा बिभिन्न निकायले गर्ने आम्दानी र खर्चलाई पारदर्शी र विश्वासिलो बनाउन लेखा व्यवसायीहरुको महत्वपूर्ण योगदान छ,’ उनले भने, ‘राजश्व छलीको नियन्त्रण यहाँहरुबाटै सम्भव छ । कुनै पनि क्षेत्रमा हुन सक्ने साना तथा ठुला आर्थिक चुहावट रोक्न पनि लेखा व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुन्छ । तसर्थ, लेखा व्यवसायीहरुलाई सहीलाई सही र गलतलाई गलत भनेर काम गर्न आग्रह गर्दछु ।’ लेखा व्यवसायीहरुले न्यायोचित ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । 

यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले चार्टर्ड एकाउन्टेन्टहरुको समस्या समाधान गर्न सरकार सकरात्मक रहेको बताइन् । पछिल्लो समय चार्टर्ड एकाउन्टेन्टहरु आफ्नो पेशाबाट पलायन हुने समस्या देखिएको छ । सोही कुरालाई दृष्टिगत गर्दै उनले उक्त समस्या समाधान सहयोग गर्ने बताइन् । 

यस्तै, उनले चैते धान, सुन्तला जस्ता बाली तथा फलफुलमा नेपाललाई आत्मनिर्भर बनाउने गरि अघि बढ्नुपर्ने बताइन् । यसैगरि कृषि क्षेत्रमा १५ बर्षसम्मको सहुलियत ऋण दिन सकेमा कृषि क्षेत्रमा नयाँ क्रान्ति आउने उनको भनाइ छ ।

आज दिनभर हुने कार्यक्रमलाई ‘क्राइसिस टु राइज, अनलकिङ इकोनोमिक पोटेन्सियल इन डिस्गाइस’ विषय दिइएको छ । कार्यक्रममा बिभिन्न शत्रमा विद्यमान आर्थिक संकट र त्यसका समाधान विषयमा बहस हुने एक्यानले जनाएको छ ।

Advertisement

Advertisement