सवा खर्बको धितोपत्र नेप्सेमा सूचीकृत, सेबोनले दियो पौने २५ अर्बको धितोपत्र निष्काशन अनुमति

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब २२ अर्बको धितोपत्र नेप्सेमा सूचीकृत भएका छन् । त्यस्तै नेपाल धितोपत्र बोर्डले २४ अर्ब ७८ करोड बराबरको धितोपत्र निष्काशनको अनुमति प्रदान गरेको छ । 

राष्ट्र बैंकद्वारा आज प्रकाशित तथ्याङ्न अनुसार आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रु.८४ अर्ब ९९ करोड बराबरको साधारण शेयर, रु.१९ अर्ब ४० करोड बराबरको बोनस शेयर, रु.१७ अर्ब ७९ करोड बराबरको हकप्रद शेयर, र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.१२२ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् । 

Advertisement

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.६ अर्ब २ करोड बराबरको
डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
 

Advertisement

Advertisement