काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
लघुवित्तले विभिन्न शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यस शेयरमा हाल लघुवित्तका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवदेन दिन पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको शेयर कित्ताको व्यहोरा खुलाई ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलान्चोकमा निवेदन दिनुपर्नेछ ।
शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएको छ ।
सो समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरे प्रचलित नियमानुसार अन्य व्यत्तिः वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ ।