काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणघाटमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्न भन्दै कम्पनीले सेन्टर खोलेको हो ।
लायन्स चोक (होटल रेड कार्पेट भवन)मा रहेको यो सेन्टरको एनसेलका चिफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले बिहीबार उद्घाटन गरेको कम्पनीले जनाएको छ । यो सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।
नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सकिने जनाउँदै कम्पनीले ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।
आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यसअघि एनसेलले पुल्चोक, नारायणघाटमा रहेको आफ्नो पूरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । एनसेलले देशका विभिन्न भागमा ३० वटा भन्दा बढि यस्ता सेन्टरहरु संचालन गर्दै आएको छ ।