टिकटकद्वारा नेपालमा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउन कार्यशाला आयोजना

Advertisement

काठमाडौं । नेपालमा साना र मझौला व्यवसाय (एसएमई)लाई सशक्तिकरण गर्न भन्दै प्रविधि कम्पनी टिकटकले राजधानी काठमाडौंमा कार्यशाला आयोजना गरेको छ । 

‘ग्रोविथटिकटक’ मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने ? भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीलाई एकसाथ ल्याएको कम्पनीको भनाई छ ।

Advertisement

दिनभरि भएको कार्यशालामा सहभागीले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवालाई रचनात्मक रूपमा प्रदर्शन गर्न टिकटकका सुविधाहरूको लाभ कसरी उठाउने ? भन्नेबारे प्रशिक्षण प्रदान गरिएको जनाइएको छ । 

कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटकमार्फत् गर्न सकिने प्रबर्द्धका विविध पक्षलाई समेट्ने सत्रहरू सञ्चालन गरेको थियो । सहभागीलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्स, दर्शकहरूको संलग्नताका लागि उत्तम अभ्यास र टिकटक अभियानलाई प्रभावकारी बनाउने ? भन्ने रणनीति सिकाइएको थियो । 

उनीहरूले टिकटक आकर्षक प्लेटफर्म भएका कारण साना व्यवसायहरूले सम्भावित ग्राहकहरूसम्म पुग्न ठूलो लगानी गर्नु नपर्ने कुरा पनि बुझ्न पाएको टिकटकको भनाई छ । त्यस क्रममा सहभागीलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा जानकारी गराउने एक विशेष सत्रको पनि आयोजना गरिएको जनाइएको छ । 

कार्यशालामा टिकटकको विविध र गतिशील प्रयोगकर्ता आधारसँग प्रतिध्वनित हुने खालका कन्टेन्ट सिर्जना गर्नेबारे जानकारीमूलक र अन्तरक्रियात्मक दुवै खाले सत्रहरूको डिजाइन गरिएको भन्दै कम्पनीले यस कार्यक्रमले साना र मझौला व्यवसायका लागि एक बहुमूल्य नेटवर्किङ अवसर पनि प्रदान गरेको दावी गरेको छ । 

सहभागीहरूले उक्त कार्यशालामा विभिन्न उद्योगका साथीहरूसँग जोडिन, अनुभवहरू बाँड्न र साझा चुनौती र समाधानका बारेमा छलफल गर्ने मौका पाएका थिए । यस सहयोगी वातावरणले स्थानीय व्यवसायहरूबीच हार्दिकताको भावनालाई बढावा दिँदै थप साझेदारी र सामूहिक विकासको नेतृत्व गर्ने अपेक्षा गरिएको कम्पनीको भनाई छ ।

उसले यो पहल डिजिटल युगमा फस्टाउनका लागि आवश्यक पर्ने उपकरण र स्रोतहरू उपलब्ध गराएर विश्वभरका साना व्यवसायलाई सशक्त बनाउने आफूहरुको फराकिलो प्रतिबद्धताको एक हिस्सा हो भन्दै साना तथा मझौला व्यवसायको क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पनि टिकटकले यसलाई प्रबर्द्धन गरेर नेपालको विकास यात्रामा आफू प्रमुख साझेदार बन्ने लक्ष्य राखेको बताएको छ ।

टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि लोकप्रिय गन्तव्य हो । आफूहरुको मिशन भनेको रचनात्मकतालाई प्रेरित गर्नु र मानिसहरूलाई आनन्द दिलाउनु भएको कम्पनीको भनाई छ । 

Advertisement

Advertisement