दशैंमा इन्टरनेट कम्पनीका अफरः स्कुटरदेखि ३६ लाखको इभी गाडी जित्न सकिने !

Advertisement

काठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहक (नयाँ र पुराना) लाई बिभिन्न छुट तथा उपहारका योजना ल्याएका छन् । पाँच महिनासम्म बोनस प्याकेज, स्कुटरदेखि गाडीसम्मका उपहार दिने गरि इन्टरनेट कम्पनीहरुले दशैं अफर ल्याएका हुन् । 

दशैंमा किनमेल बढी हुन्छ । यो बेला बिभिन्न कम्पनीहरुले बिभिन्न छुट तथा योजनाहरु ल्याएका हुन्छन् । सोहीअनुसार इन्टरनेट सेवा प्रदायकले पनि बिभिन्न छुट तथा उपहार योजना ल्याएको देखिन्छ । यहाँ केही कम्पनीका दशैं अफर प्रस्तुत गरिएको छ । अधिकांश कम्पनीको अफरको समय अवधी तिहारसम्म छ । 

Advertisement

नेपाल टेलीकमः नयाँ जडान शुल्क निःशुल्क 
सरकार स्वामित्वको नेपाल टेलीकमले उही पैसामा बढी स्पीडको इन्टरनेट सेवा दिने योजना ल्याएको छ । अब ५० एमबीपीएसमा ७५ एमबीपीएसको, ७५ एमबीपीएसमा १०० एमबीपीएसको, १०० एमबीपीएसमा १२५ एमबीपीएसको, १५० एमबीपीएसमा १७५ एमबीपीएसको र २०० एमबीपीएसमा २२५ एमबीपीएस स्पीडको इन्टरनेट पाइनेछ । नयाँ जडानमा जडान शुल्क नलाग्ने पनि कम्पनीको योजना छ । 

वर्ल्ड लिकः बम्परमा ३६ लाखको इभी गाडी 
वर्ल्ड लिंकले बम्परमा ३६ लाख रुपियाँ हारहारीको ‘नाम्मी ०१ ई ३’ इभी कार दिने योजना ल्याएको छ । यसको लागि खल्तीबाट शुल्क भुक्तानी गरेको हुनुपर्ने शर्त छ । लक्की ड्र मार्फत नयाँ तथा नविकरण गरेका ग्राहकलाई  यो उपहार दिइनेछ । 

यस्तै, ग्राहकले बोट ब्रान्डको स्मार्टवाच, स्पीकर र एयरबर्डको सामान खरिद गर्दा ५३ प्रतिशतसम्म छुट पाउनेछन् । यस्तै, सामसुङको टीभी, फ्रिज लगायतका बिभिन्न १० बस्तुमा ३९ प्रतिशतसम्म छुट दिने नीति छ । 

undefined

डिसहोमः बार्षिक प्याकेजमा तीन महिनासम्म बोनस

दशैंको अवसरमा डिसहोमले बार्षिक प्याकेजमा थप तीन महिनासम्म बोनस दिने योजना ल्याएको छ । यो २०० एमबीपीएस र ३०० एमबीपीएस स्पीडको इन्टरनेटमा लागू हुनेछ । 

यस्तै, लक्की ड्र मार्फत एक जनालाई वासिङ मेसिन उपलब्ध गराइनेछ । यसैगरि हरेक हप्ता चार जनलाई डीएचआईको घरेलु सामान, दुई जनालाई आईटेल ए–६० एस स्मार्ट फोन, तीन जनालाई मिभिको एयरबर्ड र तीन जनालाई फोके स्टीमर उपलब्ध गराइनेछ । यो अफरका लागि तीन महिना वा सो भन्दा माथिको प्याकेज नयाँ कनेक्सन वा नविकरणमा लागू हुनेछ । यस्तै, तोकिएको ब्रान्डका बिभिन्न सामानहरुमा ७० प्रतिशतसम्म छुट पाइनेछ । 

undefined

सुबिसुः २०० एमबीपीएसको पैसामा तीन सय एमबीपीएसको इन्टरनेट 
सुबिसुले २०० एमबीपीएसको पैसामा तीन सय एमबीपीएसको इन्टरनेट जडान गर्न सकिने योजना ल्याएको छ । यो योजनामा सहभागी हुने पहिलो १०० जना ग्राहकलाई थप सरप्राइज गिफ्ट दिने सुविधा पनि ल्याइएको छ । 

यसैगरि ग्राहकले रिफरमा एक महिना फ्रि बोनस, बान्डविथ अद्यावधिक र दशैं अफर पनि पाउने छन् । यस्तै, म्याक्सजीटीको स्मार्ट वाच किन्दा ५५ प्रतिशत छुट पनि पाइनेछ । यसैगरि लक्की ड्रमा क्यूएफएक्सका फिल्ड टिकट लगायतका उपहार पनि रहेका छन् । 

undefined

भायो नेटः १२५ एमबीपीएसको मूल्यमा २०० एमबीपीएसको इन्टरनेट 
भायो नेटले १२५ एमबीपीएसको मूल्यमा २०० एमबीपीएसको इन्टरनेट जडान गरिदिने योजना ल्याएको छ । बर्षको आठ हजार ९९९ रुपियाँमा उक्त इन्टरनेट जडान गर्न सकिनेछ । यसैगरि मेस कम्पनीको राउटर एउटाको मूल्यमा दुई वटा पाइनेछ । यसको मूल्य तीन हजार रहेको छ । यस्तै, हाइसेन्स कम्पनीको सामानमा २८ प्रतिशतसम्म छुट पाउन सकिनेछ ।

undefined

क्लासिक टेकः किस्ताको सुविधा 
यस्तै, क्लासिक टेकले १५० एमबीपीएस र २०० एमबीपीसको बार्षिक प्याकेजमा किस्ताको सुविधा ल्याएको छ । अर्थात् जडान गर्दा ६ महिनाको मात्रै शुल्क तिरे पुग्छ । एक बर्षक लागि १५० एमबीपीएसको इन्टरनेट जडान गर्दा १२ हजार ९९९ रुपियाँ लाग्छ, अहिले पाँच हजार २२१ रुपियाँ तिरे पुग्छ । 

यस्तै, एक बर्षका लागि २०० एमबीपीएसको इन्टनेट जडान गर्दा १३ हजार ४९९ रुपियाँ लाग्छ, अहिले त्यसमा पाँच हजार ५२१ रुपिायँ तिरे पुग्छ । बाँकी पैसा पछि तिरे हुनेछ । 

यस्तै, रिफर गर्नेलाई २ महिना र रिफरमा जडान गर्नेलाई एक महिनाको बोसन दिइनेछ । यसैगरि २२५ एमबीपीएसको रिचार्जमा तीन महिना र ३२५ एमबीपीएसको रिचार्जमा पाँच महिनाको बोसनको अफर पनि रहेको छ । 

undefined

सीजी नेटः मिनिसो नेपालमा छुट 
यस्तै, सिजी नेटले मिनोसो नेपालसँगको सहकार्यमा १५०, २५० र ३५० एमबीपीएसका ग्राहकलाई बम्परमा बिभिन्न उपहार दिने योजना ल्याएको द्धछ । १२ हजार रुपियाँ मूल्य भन्दा माथिको सामान लक्की ड्रमा राखिएको छ । यस्तै, २५ प्रतिशतको डिस्काउन्ट भौचर पाइनेछ । 

यस्तै, हरेक प्याकेज खरिद गर्दा लक्की ड्र मार्फत फ्रिज, स्कुटर, स्मार्टफोन पनि जित्न सकिनेछ । यस्तै, तीन महिनासम्म्को बोनस, क्यासव्याक, १५ सय रुपियाँसम्म नगद छुट लगायतका योजना पनि कम्पनीले ल्याएको छ । यसैगरि सिजी डिजीटल लगायतका बजारमा ७० प्रतिशतसम्मको छुट पाइने योजना छ ।

undefined

वाइफाइ नेपालः स्कुटर उपहार 
वाइफाई नेपालले  बम्परमा एक जनालाई स्कुटर दिने योजना ल्याएको छ । यसैगरि स्मार्ट टिभी र हातै खाले नजाने उपहार दिने पनि उक्त कम्पनीको योजना छन् । 

null

Advertisement

Advertisement