दश वर्षपछि विश्वकप खेल्दै नेपाल, आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा

Advertisement

काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपमा आज (मंगलबार) नेपाली राष्ट्रिय क्रिकेट टिम नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ । 

अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन् । 

Advertisement

नेपाल १० वर्षपछि आईसीसी ट्वान्टी २० विश्वकपमा प्रतिस्पर्धा गर्दैछ । यसअघि नेपालले सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो । 

खेलको प्रत्यक्ष प्रसारण हेर्न काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा एलईडी स्क्रिन जडान गरेको छ । 

नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ ।

त्यसैगरी, आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।

Advertisement

Advertisement