दुर्गा प्रसाइँको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले झापास्थित दुर्गा प्रसाइँको बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन निर्देशनात्मक आदेश जारी गरेको छ ।

न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा परमादेश जारी गर्दै १५ दिनभित्र यस्तो सम्बन्धन दिन भनेको हो । 

Advertisement

यससम्वन्धमा सर्वोच्चले गत चैत १२ गते गरेको फैसलाको आज पूर्ण पाठ सार्वजनिक गरेको हो । यसमा भनिएको छ, ‘यस वर्षको शैक्षिक सत्र सुरू हुनुअघि एमबीबीएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू, दिलाउनू ।’ यो फैसलासँगै १५ दिनभित्र चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले यसवारेमा निर्णय गर्नुपर्नेछ । आयोग र काठमाडौं विश्वविद्यालयले फैसला बुझेपछि १५ दिनको समयसीमा गणना हुनेछ ।

समयसीमा तोकेको सर्वोच्चले १३ वर्षअघि सरकारबाट तोकिएको मापदण्डको पालना गराउन पनि निर्देशन दिएको छ । 

Advertisement

Advertisement