केवाईसी अपडेट गराउन एनआईसी क्यापिटलको आग्रह

Advertisement

काठमाडौं । एनआईशी एसिया क्यापिटलले खातावालालाई केवाईसी अपडेट गर्न आग्रह गरेको छ । 

कम्पनीले एनआईसी एशिया क्यापिटल र यसका शाखा तथा एनआईशी एसिया बैंकका शाखाबाट २०८० असार मसान्तसम्म हितग्राही (डिम्याट) खाता खोलेका खातावालालाई केवाईसी अपडेट गर्न आग्रह गरेको हो । 

Advertisement

हितग्राही खाता खोल्दा उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन भएमा एनआईसी क्यापिटल वा यसका शाखामा यधाशीघ्र सम्पर्क राखी अपडेट गर्न भनिएको हो । 

केवाईसी अद्यावधिक प्रयोजनका लागि फारम कम्पनीको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । 

त्यसैगरी एनआईसी क्यापिटलबाट लगानी व्यवस्थापन (पीएमएसं सेवा लिएका ग्राहकले सेवा लिँदाका बखत उपलब्ध गराएको विवरणसँग हालको विवरण परिवर्तन भएमा पनि क्यापिटलको केन्द्रीय कार्यालय थापाथली–११ काठमाडौंस्थित ट्रेड टावर नेपालमा सम्पर्क राखी अद्यावधिक गर्न आग्रह गरेको छ । 

Advertisement

Advertisement