प्रभु बैंकका ग्राहकले सौराहाका होटलमा १५ प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष  २०२४ लाई लक्षित गर्दै सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । 

छुट्टाछुट्टै समारोहकाबीच सम्पन्न सम्झौतामा बैँकका तर्फबाट गण्डकी प्रदेश–५ की प्रमुख  सांग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरद्घारा हस्ताक्षर गरियो । 

Advertisement

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।  

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला बिभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणिय पर्यटकिय स्थल का रुपमा चिनिन्छ । सौराहा, मेघौली , कसरा, देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।

बिभिन्न देश तथा बिदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ । बिश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, बिभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिपसफारी, हात्ती सफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिहरुको सांस्कृतिक, पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्षको केन्द्र हो ।

सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँकका कर्मचारीहरुका लागि आवासमा ८ प्रतिशतदेखी १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखी १५ प्रतिशतसम्मका छुट प्राप्त गर्न सकिने छ । 

नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत सेवा प्रदान गर्दैै आएको बैंकले जनाएको छ । 
 

Advertisement

Advertisement