आजको मौसम : यी प्रदेशमा हावाहुरी र चट्याङसहित पानी पर्ने

Advertisement

काठमाडौं । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई सोही प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

त्यस्तै, कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकाध स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने बताइएको छ ।

त्यसैगरी, कोशी प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

अहिले नेपालमा स्थानीय, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

Advertisement

Advertisement