प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर बिस्तार

Advertisement

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरि दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । 

गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जयराम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।  

Advertisement

यसैगरी बैंकले जेठ २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितीमा भएको हो । 
 
सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत श्री संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । 

नयाँ २ एक्सटेन्सन काउन्टरसहित बंैकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।


 

Advertisement

Advertisement