नेपालतर्फबाट चोओयुको सफल आरोहण गरी फर्किएकाहरुलाई विमानस्थलमा स्वागत

Advertisement

काठमाडौं । नेपालतर्फबाट पहिलो पटक चोओयु हिमाल (८१८८ मिटर)को सफल आरोहण गरि फर्किएको टिमलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । 

नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) हुँदै चोओयु आरोहण गरि आज टोली काठमाडौं फर्किएको हो । टोलीलाई विमानस्थलमा सेभेन समिट ट्रेक्स कम्पनीले स्वागत गरेका हो ।

Advertisement

एक जना विदेशीसहितको सात जनाको टोलीले जेठ २४ गते बेलुकी ८ः३५ मा उक्त हिमालको सफल आरोहण गरेको थियो । यसअघि उनीहरुले चीनतर्फबाट उक्त हिमाल आरोहण गर्दै आएको थियो । 

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले नेपालतर्फबाट नयाँ रुट हुँदै चोओयुको पहिलो पटक आरोहण सफल भएको बताए । फ्रान्सका अलास्डिर म्याकान्जी, नेपालबाट गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा, निग्मा ओङदा शेर्पा गरी सात जनाको टोलीले उक्त हिमालको आरोहण गरेको थियो । 

त्यस्तै, कञ्चनजङ्घा हिमालको सफल आरोहण गरी  १८ वर्षीय निमा रिन्जी शेर्पा पनि आजै काठमाडौं फर्किएका छन् । उनलाई पनि विमानस्थलमा स्वागत गरियो । शनिबार शर्पाले कञ्चनजङ्घाको सफल आरोहण गरेको सेभेन समिटले जानकारी दिएको छ । 

सात जना नेपालीसहित दुई जना विदेशी गरी नौ जनाले विदेशीले कञ्चनजङ्घा हिमालको आरोहण गरेका हुन् । उक्त हिमाल आरोहण गर्नेहरुमा निमा रिन्जी शेर्पा, पासाङ नुर्बु शेर्पा, फुरबु कुसाङ शेर्पा, फुरा छिरिङ शेर्पा, डेंडी शेर्पा, आङ तेन्जी शेर्पा, सोना शेर्पा, एलिना पेकोभा (रूस) र अन्जा ब्लाचाले (जर्मनी) छन् । 

त्यसैगरी चोओयु आरोहण गरी आइपुगेकाहरुलाई आज सम्मान गरिएको छ । नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग र नेपाल पर्वतारोहण संघको संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेको हो । 

कार्यक्रममा विभागका महानिर्देशक रूद्रप्रसाद पण्डितले नेपाली टिमले लामो समयदेखिको प्रयासपछि, कठिन, साहसिक, जोखिमपूर्ण आरोहणपछि चोओयु हिमालको नेपालतर्फबाट सफलतापूर्वक आरोहण गरेकाले यसले नेपालको पर्वतारोहण क्षेत्रमा राम्रो प्रभाव पर्ने बताए । यसले नेपालको गरिमा अन्तर्राष्ट्रियस्तरमा बढ्ने र अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार हुने बताए । 

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटाले चीनबाट चोओयु हिमाल आरोहण गर्नुपर्ने र चीनलाई रोयल्टी बुझाउनुपर्ने बाध्यता अब हटेको बताए ।

पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले यस सफलताले फेरि एक पटक विश्वमा नेपाललाई चिनाउने बताए । उनले आरोही कल्याण कोष स्थापना गर्ने प्रधानमन्त्री र पर्यटनमन्त्रीको प्रतिवद्धता कार्यान्वयन हुनुपर्ने बताए । 

undefined

Advertisement

Advertisement