बजेट अभावमा सवारी दुर्घटना न्यूनीकरणको काम प्रभावकारी हुन सकेनः महासेठ

Advertisement

काठमाडौं । भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्युनिकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् । 

सोमवार राष्ट्रिय सभामा उनले आगामी आर्थिक वर्षको बजेटमा भने सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी गरे । संविधानअनुसार सडकमा हुने दुर्घटना न्यूनीकरणको काम प्रदेशलाई जिम्मा दिइएको र केन्द्रले त्यसका लागि आवश्यक ऐन, कानून बनाउने काम गरिरहेको बताए । 

Advertisement

महासेठले सवारी साधन अनुमति पत्र (लाईसेन्स) दिन काममा पनि आफूहरुले हस्तक्षेप नगर्ने बताए । उनले भने, ‘हाम्रो मन्त्रालयले पनि, सडक विभागले पनि जुन प्रकारले त्यसको व्यवस्थापन सक्नुपर्ने हो, मैले अघि पनि भने–अर्थको अभावमा हुन सकिरहेको छैन । तर यसपाली २०८१–८२ को बजेटमा हामीले यी कुराहरुको व्यवस्थापनको लागि पनि बजेट छुट्याएका छौं । खासगरी नेपालजस्तो देशमा अहिलेसम्म हामीले इन्टेलिजेन्टी ट्राफिक सेवाहरु ल्याउन सकेका छैनौं जसले यस्ता दुर्घटनाहरुलाई कन्ट्रोलहरु गर्ने, हामीले ठाउँ ठाउँमा जुन साईनहरु दिनुपर्ने थियो, जुन सुरक्षालाई ध्यानमा राखेर सूचना बोर्डहरु राख्नुपर्ने थियो, विज्ञापनमार्फत जनताको बीचमा लैजानुपर्ने थियो । यात्रीहरुको बीचमा त्यो सूचना लैजानुपर्ने थियो । त्यो हामीले गर्न सकिराखेका छैनौं । अहिले हामीले शुरुवात गरेका छौं ।’

Advertisement

Advertisement