दश महिनामा भित्रियो करीब १२ खर्ब रेमिट्यान्स, ३ लाख ७४ हजारले लिए श्रम स्वीकृति

Advertisement

काठमाडौं । मुलुकमा रेमिट्यान्स बढ्ुदै गएको छ । आलु आवको १० महिना अर्थात बैशाख मसान्तसम्म ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रिएको आज राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख छ । 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई रु.११९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको
सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले
वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो ।

Advertisement

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३७४,८८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३७,८९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४२१,२७९ र २३८,९७६ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु.१३०१ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

Advertisement

Advertisement