काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी ५ अर्ब ४६ करोड नाफा कमाएको छ ।
नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार नबिल बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंकमा यथावत रहेको छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार ग्लोबल आइएमई बैंकले ४ अर्ब ३२ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड नाफा कमाउँदै धेरै नाफा कमाउनेमा क्रमशः दोस्रो र तेस्रो स्थान ओगटेका छन् । त्यस्तै प्राइम कमर्सियल बैंकले ३ अर्ब २२ करोड र र एभरेस्ट बैंकले २ अर्ब ९८ करोड नाफा कमाएका छ ।
चालु आवको १० महिनामा सबैभन्दा कम नेपाल बैंकले ५९ करोड ३ लाखमात्रै नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
कुनले कति कमाए ?