प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल जारी रहने

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

Advertisement

बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ । 

सांसद प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यस्तै, अर्का सांसद डा. अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अन्तर्गत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षककोखर्च रकमलाई घटाई एक रुपियाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

सांसद अजय कुमार चौरसियाले “विनियोजन विधेयक, २०८१ अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् भने सांसद राजेन्द्रकुमार केसीले “विनियोजन विधेयक, २०८१ अन्तर्गत रक्षा मन्त्रालय शीर्षकको खर्च  रकमलाई घटाई एक रुपियाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै, सांसद सुरेन्द्रराज आचार्यले “विनियोजन विधेयक, २०८१ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् भने सांसद जीवन परियारले “विनियोजन विधेयक, २०८१ अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपियाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । 

 

Advertisement

Advertisement