कस्तो संविधान बनाइएछ ? भन्दै पछुताए कोइराला
कस्तो संविधान बनाइएछ ? भन्दै पछुताए कोइराला
काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । बुधवार राजधानीमा आयोतिज एक कार्यक्रममा उनले काँग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भूमिकालाई बलियो बनाएर जाने बताए ।
सरकारका लागि आफैँ प्रश्ताव आए जाने तर कोशिस गरेर मरिहत्ते नगर्ने बताउँदै कोइरालाले ‘क्रिमिनलाइजेशन इन पोलिटिक्स’ गम्भीर बनेको बताए । उनले सहकारी मात्रै नभई अन्य धेरै ठाउँहरुमा अख्तियार, निर्वाचन आयोग, सीआईबी लगायतले दुःख दिइरहेको बताए ।
दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान नसकिने कोइरालाले बताए । उनले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान नसकेसम्म देश बन्न नसक्ने बताए ।
कोइरालाले भने, ‘अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको छ । बैंकको तरलता जस्तो होइन, देशकै अवस्था तरल छ । आठ वटा सरकार देखिरहनुभएको छ । आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएछ । हामीले कस्तो संविधान बनाएछौँ, । हामीहरुको कमी, कमजोरी हो कि होइन ? राजनीतिक दलहरुले यो कुरालाई अत्यन्त गम्भीर रुपमा लिएर जानुपर्छ । यो अत्यन्त गम्भीर विषय हो । राजनीतिक स्थिरता वा सरकारको स्थिरता बिना जतिसुकै कुरा गरेर पनि आर्थिक स्थिरता र विकास हुन सक्दैन ।’
उनले थपे, ‘राजनीतिक स्थिरता र सरकारको स्थिरता बिना सुशासन पनि हुन सक्दैन । यो यसरी एक दोस्रोसँग गाँसिएको छ । जबसम्म हामीले राजनीतिक र सरकारको स्थिरताका विषयलाई टुंगो लगाउन सक्दैनाँै, देश यस्तै घच्घचमा चलिरहेको हुन्छ । हामी विपक्षमा छाँै । हामीले विपक्षको भूमिका खेल्ने हो । सरकारमा जाने हामीलाई कुनै हतारो छैन । आउने भए त्यसै आउँछ, होइन भने कोशिस गरेर मरिहत्ते गरेर जसरी जान खोजिरहेका छैनौं ।’
जबसम्म सुशासन, पारदर्शिता, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान सक्दैनौँ, तबसम्म यो देश अघि बढ्न नसक्ने र आर्थिक विकास हुननसक्ने कोइरालाको ठहर छ ।