काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न आज भएको छ ।
उक्त सभाले कम्पनीको चुक्तापूजी २ अर्ब १० करोड रुपियाँको १५ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता शेयरबराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
हकप्रदपछि कम्पनीको चुक्तापूँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपियाँ पुग्नेछ ।